पञ्चकन्याको प्लम्बिङ तालिम, १७५ लाभान्वित

काठमाडौं, ६ बैशाख । पञ्चकन्या ग्रूपले १७५ जना युवालाई प्लम्बिङ तालिम दिएको छ ।

ग्रूपले सेकीसुई जापान र स्टारलाइन इन्टरप्राइजेज भारतको सहकार्यमा बुधवार र बिहीबार भक्तपुरमा दुई दिने तालिम आयोजना गरेको थियो । तालिममा चार जना महिला पनि सहभागी थिए ।

नेपालमा यस किसिमको तालिम दिने आफू निजी क्षेत्रकै पहिलो कम्पनी भएको पञ्चकन्याले दाबी गरेको छ । सो आधारभुत प्लम्बिङ तालिममा जापानको प्रख्यात कम्पनी सेकीसुइ र स्टारलाईन ईन्टरप्राइजेज, भारतका दक्ष र अनुभवी प्रशिक्षकले सहभागीलाई प्रशिक्षण गरेका थिए ।

बेरोजगार युवायुवतीहरु लाई सीप सिकाएर आफ्नै देशमा आम्दानी गर्ने वातावरण सिर्जना गर्नु तालिमको मुख्य उद्देश्य रहेको पञ्चकन्याले बताएको छ ।

यस्तो तालीम मुलुकका अन्य स्थानमा पनि आयोजना हुने र त्यसका लागि अनलाइन मार्फत आवेदन दिन सकिने उसले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here