कोरोना कोषमा नेपाल एसबिआई बैंकको ५० लाख सहयोग

काठमाडौं, २३ बैशाख । नेपाल एसबिआई बैंक केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागी ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णयअनुसार बैंकको तर्फबाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले उक्त रुपैयाँ बराबरको चेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि जम्मा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

यसका साथै बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिसकेको छ । साथै, बाँकीको १५ लाख रुपैयाँ बैंकले कोभिड- १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराईरहेको छ ।

नेपाल एसबिआई बैंकले वर्तमान प्रतिकूल परिस्थितिमा पनि नेपालभरि विभिन्न शाखाबाट बैंकिङ सेवा प्रधान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here