काठमाडौं, २४ बैशाख । विराटनगरस्थित कोशी कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन्।
अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको दोस्रो र तेस्रो पटकको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।
संक्रमणमुक्त हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन्।
गत वैशाख ५ गते उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका उनीहरुलाई कोरोना संक्रमण देखिएपछि विराटनगरको कोरोना अस्पतालमा उपचाररत थिए ।
विराटनगरको कोशी अस्पतालमा अब २५ जना उपचाररत छन्। अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका २८ मध्ये ६ जना निको भएका हुन्। अन्य तीन जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन्।