कामना सेवाले ल्यायो कोरोना सुरक्षा बचत खाता योजना

काठमाडौं, २४ बैशाख । कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ ।

कोरोनाभाइरस महामारीको समयमा आफ्ना ग्राहकलाई सहयोग गर्ने उद्देश्यले यस्तो सुविधा ल्याइएको बैंकले बताएको छ ।

नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम रु. ५ हजार रहनेछ । यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पीसीआर परीक्षणद्वारा पुष्टि भएमा रु ५० हजारको बीमा रकम दिइनेछ ।

कामना सेवाको वेबसाईटमा गई अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिने उसले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here