कांग्रेसले बनायो अर्थतन्त्र केन्द्रित विशेष समिति

काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अर्थतन्त्रलाई केन्द्रित गर्दै विशेष समिति बनाएको छ ।

पूर्वअर्थमन्त्री रामशरण महत संयोजकमा गठन गरिएको समितिमा पूर्वमन्त्री, कांग्रेसनिकटका अर्थविद्हरुलाई समावेश गरिएको छ । समितिले कोरोना भाइरसको प्रभाव अध्ययन र विश्लेषण गर्नेछ ।

अर्थ समितिमा १४ सदस्य रहेका छन्। समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ।

समितिमा संयोजकः रामशरण महत, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, मिनेन्द्र रिजाल चिनकाजी श्रेष्ठ,दीपकुमार उपाध्याय, भरत शाह, उदय राणा, अर्थविद् पृथ्वीराज लिगल, अर्थविद् शंकर शर्मा अर्थविद् जगदीशचन्द्र पोख्रेल, अर्थविद् गोविन्द पोख्रेल, अर्थविद् स्वर्णिम वाग्ले रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here