कोरोना उपचार कोषमा सुनचाँदी ब्यवसायी महासंघको १५ लाख सहयोग

काठमाडौं, २४ बैशाख । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई सो रहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

यसका साथै महासंघले आफ्ना जिल्लानगर संघबाट राहत तथा उद्धार कार्यमा खर्च गर्ने गरी महासंघले कुल खर्चको ४० प्रतिशत हुनेगरी रु २५ लाख सहयोग उपलब्ध गराएको छ ।

महासंघले उपलब्ध गराएको यो रकमका जिल्ला तथा नगर संघले रु ४० लाख थप गरी राहत तथा सहायता उपलब्ध गराउनेछन् ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्धेश्यले सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट यो सहयोग उपलब्ध गराइएको महासंघका अध्यक्ष मोहन कुमार सुनारले बताए ।

महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णयहरुको पूर्णरुपमा पालना गर्दै यस्तो विकराल अवस्थामा सरकारले चाल्ने प्रत्येक कदममा सुनचाँदी ब्यवसायीका तर्फवाट हरसंभव सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई खाद्य सामाग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यहरु मार्फत विभिन्न किसिमका खाद्य सामाग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको पनि बताइएको छ ।

अध्यक्ष मोहनकुमार सुनारको नेतृत्वमा गएको सुनचाँदी ब्यवसायीहरुको प्रतिनीधिमण्डलमा महासंघका अध्यक्ष मोहन कुमार सुनार, बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर बज्राचार्य र कोषाध्यक्ष महेन्द्ररत्न शाक्यको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here