आइतबारबाट यसरी खुल्दैछ धितोपत्र बजार

काठमाडौं, २४ बैशाख । सरकारले लकडाउन अवधि जेठ ५ गतेसम्म बढाएपनि अहिलेको भन्दा केही खुकुलो बनाउने निर्णयसँगै आइतबारदेखि धितोपत्र बजार सञ्चालन हुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बैंक तथा बिमा, धितोपत्र, सहकारी संस्थाहरुमार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नका लागि आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारीले सेवा संचालन गर्न सक्ने निर्णय गरेको हो।

कारोबार गर्न एक तिहाइ कर्मचारी मात्रै राख्नु पर्ने भएकोले त्यसको लागि भने कति समय खोल्ने भन्ने तय नभएको नेप्सेले जनाएको छ ।

यस अघि नै नेप्सेले ब्रोकर कम्पनी,सिडिएससि र सरोकारवालाहरू सँगको छलफल पछि बजार खोल्न सकिने भन्दै बोर्डलाई पत्र लेखेको थियो। तर बोर्डले अझै पत्रको उत्तर भने दिएको छैन।

पत्रमा बजार सञ्चालनको समय दुई घण्टामा सीमित गर्ने, अनलाइन कारोबार मात्रै सञ्चालन गर्ने, प्रत्येक ब्रोकर कम्पनीलाई पाँच वटा पासको व्यवस्था गर्ने लगायत उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here