‘शुभयात्रा’मा सुनौलो अनलाईन कक्षा, सहभागी भए ब्यालेन्स ‘खल्ती’मा

काठमाडौं, ६ बैशाख । सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप शुभयात्राले सुनौलो कक्षा नाम दिइएको निःशुल्क रुपमा भर्ना हुन सकिने अनलाईन कोर्स सुरु गरेको छ ।

यसमा स्वध्ययन गर्न मिल्ने खालका अन्तरक्रियात्मक सामग्रीहरु राखिएका छन् । साथै, वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्षित गरी शुभयात्राले नयाँ रिवार्ड योजना सुरु गरेको छ ।

दिइएका कोर्समा सहभागी भइ एप प्रयोगकर्ताहरुले पचास रुपैयाँ वा बढी रिवार्ड प्राप्त गर्न सक्नेछन्

शुभयात्राले रिवार्डको लागि खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

शुभयात्राको सुनौलो कक्षामा विदेशी भाषा, वित्तीय साक्षरता, रोजगार सम्झौता पत्र, सिप लगायत अन्य वैदेशिक रोजगारीसँग सम्बन्धित एक दर्जन भन्दा बढी कोर्सहरु उपलब्ध छन् ।

एपमा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि ५० रुपैयाँ वा बढिको रिवार्ड कुपन प्राप्त हुनेछ बताइएको छ । 

यसरी प्राप्त गरेको कुपन खल्ती मार्फत उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी जस्तैः मोबाईल रिचार्ज गर्ने, बिजुलीको महशुल तिर्ने, इन्टरनेटको बिल तिर्ने, फिल्म टिकट किन्ने आदि कार्यको लागि प्रयोग गर्न सकिनेछ ।

साथै, हरेक कोर्सको अन्तिममा दिइएको क्विज पुरा गरिसकेपछि प्रमाण पत्र र थप रिवार्ड कुपन प्राप्त गर्न सकिनेछ ।

शुभयात्रा वैदेशिक रोजगारीमा जाने र जान चाहाने युवालाई सुसूचित गराउने हेतुले संचालन गरिएको एउटा एन्ड्रोइड एप हो ।

विदेशमा रहेका नेपालीहरूको सहयोगमा द एसिया फाउन्डेसनले सन् २०१६ मा संचालनमा ल्याएको यो एपमा हाम्रो पात्रो, खल्ती डिजिटल वालेट, विकास उद्यमी, सेयरकास्ट इनिसिएटिभ र विकास उद्यमी लगायत सातवटा संस्थाहरुको संयुक्त सहकार्य रहेको छ ।

नेपालमा कुनै पनि इलर्निङ प्लाटफर्मले अन्लाईनमा उपलब्ध कोर्सहरुमा सहभागीहरुलाई यसरी रिवार्ड कुपन र अन्य उपहारहरु प्रदान गर्न थालेको यो पहिलो पटक हो । नेपालमै पहिलो पटक यस्तो तरिकाले रिवार्ड योजना सुरु गर्न पाउँदा हामी उत्साहित छौँ‘  द एसिया फाउन्डेसनकी नेपाल प्रतिनिधी मेघान नाल्बोले बताईन् ।

सुनौलो कक्षामा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि आफ्नो मोबाईल नम्बर दाखिला गरेर रिवार्ड कूपन प्रयोग गर्न सकिनेछ । विदेशमा हुनुभएका सहभागिहरुले नेपालमा रहेका आफ्ना आफन्तहरुको मोबाईल नम्बर दाखिला कगरी उक्त कूपन प्रयोग गर्न सक्नेछन् ।