लकडाउन खुकुलो भएपनि यी व्यवसायमा अझै पनि प्रतिबन्ध

काठमाडौं, २५ बैशाख । सरकारले अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन सर्तसहित केही खुकुलो बनाएको हो। सर्त सहित केहि क्षेत्रको लकडाउन खुकुलु भएपनि सैलुन, ब्युटीपार्लर, होटल, रेष्टुरेन्ट र बारमा भने प्रतिबन्ध कायम नै राखेको छ।

गैर खाद्य मल, सिनेमा हल, केबलकार र सार्वजनिक यातायात समेत बन्द नै हुनेछ। योबाहेक जिम तथा अन्य फिटनेस सेन्टरहरू समेत खुला गर्न पाइने छैन ।