कोरोनाबारे अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या

काठमाडौं, २५ बैशाख । कोरोना भाइरसबारे अध्ययन गरिररहेका चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या भएको छ।

बीबीसी हिन्दीले जनाए अनुसार युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसियन विभागका सहायक प्रध्यापक रहेका बिङ लीको हत्या गरिएको हो । ३७ वर्षीय लीको शव शनिबार आफ्नै घरमा भेटिएको थियो।

उनको टाउको, छाती, हात खुट्टा र गर्दनमा गोली लागेको छ। प्रहरीका अनुसार लीको हत्या उनकै मिल्ने साथी हाउ गुले गरेका हुन्।

४६ वर्षीय सफ्टवेयर इन्जिनियर रहेका गुले लीको हत्या गरेपछि आत्महत्या गरेको प्रहरीको भनाई छ। ली हत्या गरि फर्किँरहेका गुले आफ्नै कारमा आत्महत्या गरेको प्रहरीले जनाएको छ।

सिंगापुरमा स्नातक र पीएचडी सकेर अनुसन्धानको लागि अमेरिका पुगेका ली कोरोना भाइरसको विषयमा निकै महत्वपूर्ण खोजको नजिक पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here