राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६८ लाख सहयोग

काठमाडौं, २५ बैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आइसियु सेवा सञ्चालन गर्न अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले प्रतिष्ठानलाई अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिए ।

उक्त रकमले अस्पतालको आइसियु सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री खरिद गरिने देवकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here