राष्ट्रपति भण्डारी बैशाख ११ मा चीन जाने, यस्ताे हुनेछ नाै दिने भ्रमण

फाइल तस्वीर

काठमाडौं, ६ बैशाख । चिनियाँ राष्ट्रपति सी चीनफिङकाे निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ११ गतेदेखि १९ गतेसम्म मित्रराष्ट्र चीनकाे राजकीय भ्रमण गर्ने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीकाे भ्रमणकाे बारेमा जानकारी दिएकाे छ ।

परराष्ट्रका अनुसार नाै दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेछिन् ।

सबैभन्दा पहिले राष्ट्रपति भण्डारीले बेइजिङमा हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशनमा सम्बोधन गर्ने छिन् ।

त्यस्तै भ्रमणकाे क्रममा दुवै देशका राष्ट्रपति बीच द्विपक्षीय हितकाे विषयमा उच्चस्तरीय वार्ता हुने छ र चीनका राष्ट्रपतिले भण्डारीकाे सम्मानमा रात्री भाेज दिनेछन् ।

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनीमा सहभागी भएर नेपाली स्टलहरुको अवलकोन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै उनले चीनका वरिष्ठ राजनीतिज्ञहरूसँग पनि भेटवार्ता गर्ने छिन् ।

राष्ट्रपति भण्डारीले बेइजिङमा नेपाल र चीनका व्यापारीहरूके संयुक्त बैठकलाइ पनि सम्बेधन गर्ने बताइएकाे छ ।

त्यसपछि राष्ट्रपति भण्डारीले शान्जी प्रान्तको राजधानी जियानको भमण गर्ने र चीनकाे स्वशासित क्षेत्र तिब्बतकाे राजधानी ल्हासा हुँदै स्वदेश फर्किने छिन् ।

राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, केही सांसद र उच्च तहका सरकारी कर्मचारी पनि भ्रमणमा सहभागी परराष्ट्र मन्त्रालयले बताएकाे छ ।

उनी बैशाख १९ गते काठमाडाैं फर्कने कार्यक्रम रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here