काठमाडौं, २५ बैशाख । औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ ।
तीन दशकदेखि औषधि उत्पादन गर्दै आएको लोमसले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर उत्पादन थालेको हो ।
सुरुमा कम्पनीले १ सय एमएलको बोतलमा स्यानिटाइजर बजारमा ल्याएको थियो । उपभोक्ताको सन्तुष्टि र बजारको बढ्दो मागलाई ध्यानमा राखेर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरेर बजारमा पठाइएको कम्पनीका प्रवन्धक प्रनबजंग पाण्डेले जानकारी दिए ।
उनले ह्यान्ड स्यानिटाइजर नेपाल सरकारको अनुमति तथा विश्वस्तरीय मापदण्डअनुसार उत्पादन गरिएको पनि बताए ।
५ सय एमएलको बोतलको स्यानिटाइजरको बजार मूल्य पाँच सय पन्ध्र रुपैया पर्नेछ ।