उपत्यका प्रवेश गर्ने मालवाहक गाडीले यात्रु बोक्न नपाउने

काठमाडौं, २६ बैशाख । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका गरेको लकडाउन शुक्रबार देखि खुकुलो बनाएको छ ।

लकडाउन खुकुलो भएसँगै राजमार्गबाट उपत्यका प्रवेश गर्ने सवारीसाधहरु बढी मात्रामा सञ्चालन हुनेछ । कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवासँग सम्बन्धि ढुवानी साधन, भन्सारबाट जाँचपास भई आएका उद्योग मालसामान बोक्न गाडीहरु चल्न पाउने छन् ।

पानी, ग्यास, पेट्रोलियम पदार्थ, औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकारण लाने र ल्याउने, कृषि सामग्री एवम् प्राङ्गारिक मल बोकेका साधन पनि सञ्चानल गर्न पाउनेछन् ।

सामाग्रीले अनुमति दिएका विद्यालयका सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने मालवाहक सवारीमा यात्रु राख्न भने पाउने छैन् ।

प्रवेश बिन्दुमा त्यस्ता सवारी साधन चालकको नाम, सहयोगीको नाम, जन्म मिति, काठमाण्डौ प्रवेश गरेको मिति र फर्केको तथ्याङ्क राख्ने र फर्कँदा त्यही व्यक्तिहरु भए/नभएको जाँच गर्ने, झुटा विवरण दिइ यात्रा गरेको पाइएमा काननन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन लकडाउन जेठ ५ गतेसम्मको लागि गरेको छ । अन्तर्राष्ट्रिय नाका, खुल्ला सिमाना र अन्तर्राष्ट्रिय उडान जेठ १८ गते आइतबार मध्यरातिसम्म यात्रुको आवागमन स्थगित गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here