काठमाडौं, २६ बैशाख । संघीय संसदमा भवन परिसरमाबाट स्वाब संकलन गरि परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।
बिहिबार सांसद र त्यहाँका कर्मचारीहरुमध्ये ४४१ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । उनीहरुको रिपोर्ट शुक्रबार मध्यान्ह आएको हो ।
संघीय संसद भवन परिसरमा ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। जसमा १७९ जना प्रतिनिधिसभाका सांसद थिए भने ३३ जना राष्ट्रिय सभाका सांसद थिए।
त्यस्तै संसद सचिवालयका कर्मचारी र मर्यादापालक २२९ जनाको स्वाब संकलन गरिएको थियो। कर्मचारी तथा मर्यादापालक गरी जम्मा ४४१ जनाकै रिपोर्ट नेगेटिभ आएको सचिवालय स्रोतले जनाएको छ ।
बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारी गरी ८३ जनाको स्वाब संकलन कार्य शुक्रबार विहान ८ बजे देखि १० बजे सम्म संसद भवनमै गरिएको थियो।
संसद सचिवालयले कोरोना परीक्षण गरेपछि मात्र सांसद र कर्मचारीलाई संसद भवनमा प्रवेश दिने तयारी गरिरहेको छ।
संघीय संसद भवनबाट अहिलेसम्म ६९२ जनाको स्वाब संकलन गरिएको छ। बिहीबार ४४१ जना र शुक्रबार २५१ जनाको स्वाब संकलन गरिएको हो।