जर्मन लिग बुन्डेसलिगाको नयाँ खेल तालिका सार्वजनिक

काठमाडौं । जर्मन फुटबल लिग बुन्डेसलिगाको नयाँ खेल तालिका सार्वजनिक भएको छ ।

जर्मन फुटबल संघले बिहीबार कोरोनाका कारण अनिश्चित बनेको बुन्डेसलिगा मे १६ बाट सुरु हुने घोषणा गरेको हो । ज

जर्मन चान्सलर एन्जेला मर्केलले खाली स्टेडियम र स्वच्छताको कडा नियमहरुका बीच बुन्डेसलिगा शुरु गर्ने अनुमति दिएकी हुन्। यद्यपि खेलका लागि क्लबहरुले खेलाडी र स्टाफहरुको नियमित परीक्षण गर्नुपर्ने छ।

युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता कोरोना भाइरसको संक्रमणपछि पुनः सुचारु हुने पहिलो लिग हो ।

प्रतियोगिता सुचारु हुने पहिलो दिन शनिबार ६ खेल हुनेछन् । पहिलो दिनको खेलमा दोस्रो बोरुसिया डर्टमन्डले साल्कसँग खेल्नेछ ।

सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here