नेपालसँगको परामर्शबिना भारतले खोल्यो लिपुलेक हुँदै मानसरोवर जाने बाटो

काठमाडौं, २६ बैशाख । कोराना विश्व महामाारीको समयमा भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको मानसरोवर जाने मार्ग खोलेको छ ।

नेपालसँग कुनै सल्लाह नगरी निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।

रक्षामन्त्री सिंहले बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले निर्माण गरेको सडक सञ्‍जालको शुक्रबार उद्‌घाटन गरिएको ट्‍विटमार्फत् जनाएका छन् ।

भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।

सिंहले सडक मार्गको निर्माण गर्ने बीआरओलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

यसअघि भारतले नोभेम्बर २०१९ मा एक राजनीतिक नक्सा सार्वजनिक गर्दै नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा वैधानिकरुपमा आफ्नो बनाएको थियो । नेपालमा त्यसको चर्को विरोध भए पनि उक्त नक्सा सच्याइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here