जल पाइप्स एण्ड फिटिङस नेपालमा सार्वजनिक

महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ।

जल पाइप्स एण्ड फिटिङस अरिहान्त ग्रुपको विजनेश युनिट हो । शुक्रबार अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइरालाले पाइप्सकाे सार्वजनिक गरे ।

उत्पादन सार्वजनिक कार्यक्रममा जापान सेकिसुईबाट समेत अतिथिको उपस्थिती थियाे ।

जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिने कम्पनीले जनाएकाे छ ।

कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ ।

अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले अरिहान्तकाे अन्य उत्पादन जस्तै ग्राहकहरुले विश्वास गरी जल पाइप्सखरिद गर्ने विश्वास व्यक्त गरे ।

अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ। अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोको रुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट तीमध्ये हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here