एसईई परीक्षा लिन आवश्यकता छैन्- डा. भट्टराई

काठमाडौं, २६ बैशाख । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई एसईई परीक्षा लिन आवश्यकता नै नभएको बताएका छन्।

शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै समाजवादी पार्टीका नेता भट्टराईले तत्काल उनीहरुको परीक्षा लिन संभव पनि नभएको र लिन आवश्यक समेत नभएको बताएका हुन्।

यसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो। १२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन। विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here