उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’, कुन समयमा कुन चल्छ ?

काठमाडौं, २७ बैशाख । काठमाडौं उपत्यकामा आइतबारदेखि निश्चित समयमा मात्र सवारी साधन चलाउन पाइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने ‘टाइम कार्ड’, लागू गरेको हो ।

अत्यावश्यक कामकाज भएपनि बैंक तथा वित्तीय क्षेत्रको आवत जावतमा लकडाउनले धेरै नै प्रभाब पारेको थियो ।

साथै अन्य अफिसहरु पनि बन्द गर्दा जनजिबन निकै नै कष्टकर भएको थियो । यहि कुरालाई मध्यनजर गर्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी साधान सञ्चालनमा कडाइ गर्न समय निर्धारण गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाको अनुसार सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जाने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कने समय तोकिएको छ ।

यस्तै, निर्माण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् । खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ ।

औषधि र खानेपानीको सवारी साधानको हकमा भने समय निर्धाण गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here