‘बजेट कोरोना कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणमा आधारित हुन्छ’

काठमाडौं, २८ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट कोरोनाको कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणमा आधारित हुने बताएका छन् ।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले उक्त कुराको जानाकारी गराएका हुन् ।

उनले कोरोनाको कारण निजी क्षेत्रका उद्योग, व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गर्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने बताए ।

खतिवडाको अनुसार जनताको द्रुत विकासको चाहना, राज्यका निर्देशक निर्देशक सिद्धान्त, १५ औं योजना, कोरोनाबाट सिर्जना हुने संकटलगायतलाई ध्यानमा राखेर आगामी आवको बजेट निर्माण हुनेछ ।

साथै आन्तरिक पर्यटनका गतिविधि निर्माण, हवाई पूर्वाधार निर्माणलाई समेत उत्तिकै प्राथमिकता दिइने बताईएको छ ।

सरकारको प्राथमिकतामा विकास सहायता परिचालन गर्ने, मूल्यवृद्धिलाई बाञ्छित सीमाभित्र राख्ने, बैंकिङ प्रणालीलाई उत्पादनमुखी तुल्याउने, रोजगारी गुमाएकालाई रोजगारी दिने, साना उद्यमलाई प्रवर्द्धन गर्ने, सिपमुलक तालिमहरु सञ्चालन गर्दै सबैलाई उत्पादनसँग जोड्ने र वैदेशिक रोजगारीमा देखिएको चुनौती पर्ने छ ।

सरकारले कोरोनाका कारण रोजगारी गुमाएकालाई पुर्नस्थापना गर्न, वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी दिलाउन कृषि, साना घरेलु तथा मझौला उद्योगमा संलग्नता बढाउने गरी कार्यक्रमहरु तर्जुमा गर्ने उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here