क्याम्पसलाई शुल्क नतिर्ने भन्दै अदालत पुगे विद्यार्थी

photo credit: VOA

वाशिंगटन । अमेरिकाकाको इण्डियाना विश्वविद्यालयका एक विद्यार्थीले आफूले तिरेको सेमेष्टर शुल्क फिर्ता पाउँ भन्दै अदालतमा मुद्दा हालेका छन् ।

कोरोनाभाइरसका कारण कक्षाहरु सञ्चालन हुन नसकेकाले आफूले तिरेको शुल्क फिर्ता पाउनु पर्ने उनको दाबी छ ।

कोरोनाभाइरस अन्य क्याम्पस तथा विश्वविद्यालयहरुले जस्तै इण्डियानाले पनि अनलाईन कक्षा सञ्चालन गरेको छ । तिमध्ये धेरैले आफूले जुन सेवा तथा अध्ययन सुविधाका लागि शुल्क तिरेको हो त्यो नपाएकाले कलेजविरुद्ध मुद्दा हालेका छन् ।

पुर्डु विश्वविद्यालयले पनि यस्तै कानूनी झञ्झट झेलिरहेको छ ।

गत महिना दर्ता गरिएको मुद्दामा कोरोनाभाइरसको संकटका बेला पुर्डुले अन्यायपूर्ण तबरले धन जम्मा गरेको आरोप लगाइएको छ र विद्यार्थीले लिन नसकेको सेवाका लागि लिइएको शुल्क फिर्ता गर्न भनिएको छ । धेरै विद्यार्थीले अनलाइन कक्षालाई सेवाको सानो अंश मानेका छन् ।

यस्तै मिचिगन विश्वविद्यालय, मिचिगन स्टेट विश्वविद्यालय, वायन स्टेट विश्वविद्यालय विरुद्द पनि मुद्दा दर्ता गरिएको छ ।
सदर्न क्यालिफोर्निया विश्वविद्यालय, जर्ज वाशिङटन विश्वविद्यालय, बोस्टन विश्वविद्यालय, ब्राउन विश्वविद्यालय र भ्याण्डरबिल्ट विश्वविद्यालयका विद्यार्थीहरु पनि शुल्क फिर्ताको माग गर्दै अदालत पुगेका छन् ।

वालस्ट्रिट जर्नलमा प्रकाशित एक समाचारअनुसार विद्यार्थीहरुले गत अप्रिलमै ड्रेक्सेल र मियामी विश्वविद्यालयविरुद्ध स्प्रिङ सेमेष्टरका लागि तिरेको पैसा (अध्ययन शुल्क, कक्षाकोठा र अन्य शुल्क) मागेका छन् ।

धेरै क्याम्पस तथा विश्वविद्यालयहरुमा यस्तो मुद्दा एक जना विद्यार्थी मात्रैले हालेका छैनन् । पुरै कक्षाको नाममा मुद्दा ठोकिएको छ । इण्डियाना विश्वविद्यालयको एक क्याम्पसमा मात्रै ४१ हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । मुद्दाहरु दुई प्रकारका छन्ः अध्ययन शुल्क तिरेर पनि भौतिकरुपमा त्यस्तो सुविधा नपाएका र क्याम्पसका अन्य सेवाहरुका लागि समेत शुल्क तिरेका ।

विश्वविद्यालयले होष्टलमा रहेका विद्यार्थीहरुको शुल्क भने आंशिकरुपमा फिर्ता गर्ने भएको छ ।
(एजेन्सीहरुको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here