जीतगढीमा फेरी उभिंदै उजिरसिंह

काठमाडौं, ७ बैशाख । नेपाल–अंग्रेज युद्धका नायक कर्णेल उजिरसिंह थापा जीतगढी किल्लामा फेरी उभिने भएका छन् ।

बुटवल उपमहानगरपालिकास्थित जीतगढी किल्लामा थापाको पूर्णकदको सालिक स्थापना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सनिवार विहान सालिकको अनावरण गर्दैछन् ।

वि. सं. १८७२ मा नेपाल र अंग्रेज फौजबीच युद्ध हुँदा थापा नेतृत्वको नेपाली फौजले अंग्रेजलाई बुटवलको जीतगढीमा परास्त गरेका थिए ।

नेपाली फौजसँग लडाईं हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकोले कर्णेल थापाको सालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ ।

तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ । प्रधानमन्त्रीले सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय ध्वजाको पनि झण्डोत्तोलन गर्नेछन् ।

काजी नयनसिंह थापाका छोरा तथा प्रथम प्रधानमन्त्री भिमसेन थापाका भतिजा उजिरसिंह थापा माथवरसिंह थापाका दाजु थिए । नेपाल–अंग्रेज युद्धका बेला उनी पाल्पा बुटवल क्षेत्रका कमाण्डर थिए ।

पछिल्लो समय जीतगढी किल्ला आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here