देशभरका स्वास्थ्य संस्थाको ओपीडी सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, २८ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको ओपीडी सेवा सुचारु गर्न आदेश निर्देशन दिएको छ ।

स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीले आइतबार एक विज्ञप्ती निकाल्दै कोरोना महामारीको जोखिमलाई लिएर बन्द भएका ओपीडी खुल्ला गर्न निर्देशन दिएका हुन् ।

सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको हुँदा सबै अस्पतालमा ओपीडी सेवा सुचारु गर्दा प्रत्येक अस्पतालले कोरोनाको जोखिमलाई ध्यानमा राखी सरकारले तोकेको संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्दै सञ्चालन गर्न विज्ञप्तीमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here