दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ७ मा

काठमाडौं, २९ बैशाख । ‘अमेरिकन आइडल’को अडिसनमा छनोटसँगै एकाएक चर्चित नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका छन् ।

आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र पर्न सफल भएका छन्।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो। आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए।

पोखरेल अमेरिकन आइडलमा यो स्थानमा पुग्ने उनी पहिलो नेपाली हुन्। सन् १९९७ मा जन्मेका पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन्।

उनी ६ वर्षअघि अमेरिका आएका हुन्। काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए।

कोभिड–१९ का कारण दुई सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिँदैछ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ। अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here