थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं, २९ बैशाख । नेपालमा फेरि थप १० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् ।

यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन्।

वीरगञ्जमा २७, नेपालगञ्जमा २४, विराटनगरमा १९, रुपन्देहीमा १६ र भरतपुरमा १ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here