अनाथ बालबालिकालाई हिमालय एयरलाइन्सको सहयोग

काठमाडौं, ७ बैशाख । हिमालय एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलमार्फत अनाथ तथा विपन्न बालबालिकाको उत्थानका लागि प्रयास नेपाललाई दिंदै आएको सहयोगलाई निरन्तरता दिने घोषणा गरेको छ ।

कम्पनीले नयाँ शैक्षिक सत्र २०७६ मा पनि प्रयास नेपालमा रहेका बालबालिकाका निम्ति शैक्षिक तथा खाजाका सामाग्रीहरु उपलब्ध गराएको हो ।

प्रयास नेपालले हाल ३२ जना अनाथ बालबालिकालाई आश्रय दिंदै आएको छ जस मध्ये २ जना विशेष आवश्यकताका बालबालिका रहेका छन् । केही बर्ष यता यी बालबालिकाहरुले शैक्षिक क्षमता तथा नाचगान, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा आफूलाई उत्कृष्ट सावित गर्दै आएका छन् ।

‘संस्थागत सामाजिक उत्तरदायित्वको पहल मार्फत बालबालिकाको गुणस्तरीय शिक्षाका निम्ति सहयोग र प्रोत्साहन गर्ने क्रियाकलाप सञ्चालन गर्न हाम्रो भिन्न पहिचान र क्षमतालाई बढीभन्दा बढी उपयोग गर्न चाहन्छौं,’ कम्पनीकी ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले भनिन् ।

हिमालय एयरलाइन्सको प्रयास नेपाललाई यो तेस्रो बर्षको सहयोग हो ।

शिक्षा, सचेतना तथा सीप विकास क्रियाकलाप मार्फत वञ्चित बालबालिकालाई सशक्तीकरण बनाउने सोच सहित सन् २००३ मा प्रयास नेपालको स्थापना भएको थियो । प्रयास नेपालले देशका विभिन्न भागमा रहेका अनाथ, वेवारिस छाडिएका तथा शारिरीक रुपमा अशक्त बालबालिकालाई आश्रय प्रदान गर्दै आइरहेको छ ।

हाल हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, दुबई र क्वालालम्पुरमा उडान सेवा भर्दै आएको छ । यी गन्तव्य स्थलहरुमा ८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here