पप्पुसहित ७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौं, २९ बैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुसहित विभिन्न ७ ठेकेदार तथा आपूर्ति कर्ता कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ ।

निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेपछि विभिन्न सार्वजनिक निकायले गरेको सिफारिस कालो सूचीमा पर्ने भएका हुन् ।

सिफारिस बमोजिम प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ति कम्पनीलाई कालो सुचीमा राख्नु नपर्नेको कारण सहित ७ दिने स्पष्टीकरण सोधेको छ ।

यस अघि पनि कार्यालयले ति कम्पनीलाई ३० दिने स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण पेश नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले पुन: ७ दिने स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण चित्त नबुझे ति कम्पनीहरुलाई कालोसूचीमा राखिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here