चीनले दियो पिसिआर परीक्षण किट सहित अत्यावश्यक स्वास्थ्य सामग्री

काठमाडौं, २९ बैशाख । कोरोना भाइरस नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पिसिआर परीक्षण किट सहितका अत्यावस्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।

चीनले दिएको सामाग्री ४० हजार थान पिसिआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान रहेको छ ।

चीनले सहयोग गरेका स्वास्थ्य सामग्री तोकिएका अस्पतालहरुमा कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here