कोरोनाले ज्यान गुमाउने श्रमिकका हकवालालाई ५० हजार दिने, अन्त्येष्टि विदेशमै

काठमाडौं, २९ बैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या बढ्दो क्रममा रहेको छ ।

कोरोना भाइरसका कारण विदेशमा हालसम्म ७९ जना नेपालीको ज्यान गएको छ। विदेशमा मृत्यु भएका व्यक्ति तथा परिवारप्रति वैदेशिक रोजगार बोर्ड सचिवालयले समवेदना प्रकट गर्दै विभिन्न निर्णय गरेको छ ।

जसमा कोरोनाका कारण विदेशमा ज्यान गुमाएका श्रमिकहरुको विदेशमा नै अन्त्येष्टि गरिने बोर्डले जनाएको छ। जसका लागि मृतकका हकवालाले सहमति पत्र आवश्यकता पर्ने बोर्डले उल्लेख गरेको छ।

सहमति पत्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत बोर्डको सचिवालयमा पठाउन समेत मृतकका परिवारलाई बोर्डले आग्रह गरेको छ।

कोरोनाका कारण विदेशमा ज्यान गुमाउने श्रमिकका हकवालालाई ५० हजार दिने भएको छ।

बोर्डद्धारा जारी विज्ञप्तीमा आइतबारको मन्त्रीस्तरीय निर्णयले मृतकका हकवालालाई राहतरसान्त्वना स्वरुप ५० हजार दिने निर्णय गरेको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here