एकैदिन थपिए २४ जना कोरोना संक्रमित, कुन प्रदेशमा कति ?

काठमाडौं, २९ बैशाख । नेपालमा एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा सोमबार साँझ १३ जना नयाँ संक्रमित थपिएका हुन्।

यसअघि सोमबार नै ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ३४ पुगेको हो।

हालसम्म नेपालमा प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ५३ तथा सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश भने अहिलेसम्म कोरोना मुक्त छ ।

त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् । क्वारेन्टाइनमा कूल १२ हजार ७०१ जना छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ५३ जना रहेका छन् ।

नेपालमा कोरोनाको आशंकामा हालसम्म ७६ हजार ३५५ जनाको परीक्षण परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमापीसीआर विधिबाट कोरोना १७ हजार ८०९ जनाको नमुना परीक्षण गरिएको छ, भने ५८ हजार ५४६ जनाको आरडीटी परीक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here