साउदी अरबमा कोरोना संक्रमित नेपालीको सख्या ६ सय ७४ पुग्यो, एक जनाको मृत्यु

युएई । खाडी मुलुक मध्य साउदी अरबमा कोरोना भाइरस संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ ।

पश्चिम मक्का, मदिना, जेद्धा र जनानलगायत क्षेत्रमा १ सय ४८ जना रियाद क्षेत्रमा १७५ जना कसिम क्षेत्रमा ३, हायल क्षेत्रमा ३ र अन्य स्थानमा ९ नेपालीमा कोरोना संक्रमण भेटिएको दूतावासले जनाएको छ।

११ जना महिला र अन्य पुरुष नेपाली कोरोना संक्रमित भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।दूतावासका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो ।

संक्रमित भएका मध्य केही नेपाली निको भइ काममा फर्किसकेका छन् । कोरोनाका कारण मृत्यू भएका १ जना नेपाली गरेर ३१ वटा नेपालीका शव अहिले साउदीमा छन्। ३ जनाको मृत्यूको कारण नखुलेको दूतावासले उल्लेख गरेको छ।

यसैबीच साउदीमा कोरोना भाइरसबाट सबै देशका नागरिक गरी कुल संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ ।

मंगलबार थप १ हजार ९ सय ११ जनामा संक्रमण भएको छ । मंगलबार एकै दिन २ हजार ५ सय २० जना निको भएका छन् ।

कूल संक्रमितहरु मध्ये हालसम्म १५ हजार २ सय ५७ जना निको भएका छन् । मंगलबार एकै दिन २ हजार ५ सय २० जना निको भएका छन् । मंगलबार ९ जना सहित आजसम्ममा जम्मा २६४ जना संक्रमितको मृत्यु भएको छ ।

दूतावासका अनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्‍न कारणले ३१ नेपाली नागरिक को मृत्यु भएको छ।ती मध्य कोरोनाका कारण भने एक जना नेपालीले ज्यान गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here