कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने

काठमाडौं, ३१ बैशाख । कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने भएको छ ।

कोरोना शुरु भएयता ४०० भन्दा बढी चार्टर्ड उडान गरेको कतारले विश्वभर आफ्ना नियमित उडान भएका देशमा रहेका स्वास्थ्यकर्मीलाई निःशुल्क लैजाने र ल्यादिने घोषणा गरेको हो ।

कतारले विश्वभर कोरोनाविरुद्धको लडाईमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान स्वरुप निःशुल्क टिकट दिनेछ ।

यसका साथै स्वास्थ्यकर्मीहरुले कतार ड्युटी फ्री रिटेल आउटलेटमा ३५ प्रतिशत छुट पनि पाउने छन्।

यो अफर ३१ डिसेम्बरसम्म लागू हुने एयरलाइन्सले जानकारी दिएको छ।

यस्तो निःशुल्क टिकट पाउनका लागि स्वास्थ्यकर्मीले १२ मे देखि १८ मेसम्म बतार एयरवेजको आधिकारिक वेबसाइटमा गएर रजिष्टर गर्नुपर्ने छ । संसारको जुनसुकै देशमा कार्यरत भए पनि उनीहरु दर्ताका लागि योग्य हुने कतारले जनाएको छ ।

यसमा दर्ता गर्ने पहिलो १ लाखले निःशुल्क आवत जावत गर्ने टिकेट पाउनेछन्। उनीहरुले त्यस्तो टिकटबाट १० डिसेम्बर २०२० भित्र यात्रा गरिसक्नुपर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here