नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागे

काठमाडौं, ३१ बैशाख । कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुईजना अस्पतालबाट भागेका छन्।

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। उनीहरु मंगलबार भर्ना भएका थिए।

महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्। वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।

अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्। संक्रमित भागेपछि खोजी कार्य भइरहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here