भूकम्पमा क्षतिग्रस्त गुम्बा भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण

काठमाडाैं, ८ वैशाख । भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँ मा रहेकाे छ्याेइफेल कुन्देलिङ गुम्बा काठमाडौं स्थित भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण भएको छ ।

वैशाख ६ गते शुक्रबार गुम्बा भवनको उद्घाटन गुरु स्याल्पा तेन्जिङ् रिम्पोछेले गुम्बा भवनको उद्घाटन गरे ।

उक्त उद्घाटन समारोहमा भारतीय दूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले विशेष अतिथिका रुपमा सहभागीता जनाएका थिए ।

दूतावासको १ करोड ८९ लाख अनुदान सहयोगमा गुम्बा पुननिर्माणका साथै आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता थप संरचनाहरुको निर्माण भएको छ ।

वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी एवम् गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

लिसंखु गाउँवासीहरुको सक्रिय पहल तथा योगदानमा सन् १९४६ मा सो छ्याेइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो ।

बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापहरुमा गुम्बाको संलग्नता रहदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here