विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरको क्षति, २ अर्ब ४२ करोडको रोजगारी गुम्ने

काठमाडौं, २ जेठ । एसियाली विकास बैंक (एडीबी) ले कोरोनाभाइरस महामारीबाट विश्व अर्थव्यवस्थामा ८.८ ट्रिलियन (८८ खर्ब) अमेरिकी डलरसम्मको नोक्सानी हुन सक्ने प्रक्षेपण गरिएको छ।

एडीबीले कोरोना भाइरस महामारीको संभावित प्रभावको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थव्यवस्थामा ५.८ ट्रिलियन डलरदेखि ८.८ ट्रिलियन (५८ खर्बदेखि ८८ खर्ब) डलरसम्म नोक्सानी व्यहोर्नुपर्ने प्रक्षेपण गरेको हो।

एडीबीका अनुसार नोक्सानीको यो अवस्था विश्व आर्थिक उत्पादनको ६.४ प्रतिशतदेखि ९.७ प्रतिशतबराबर रहेको छ।

यो ६ महिनासम्म लम्बिएमा २५ खर्ब डलर नोक्सान हुने प्रक्षेपण एडीबीको छ । त्यस्तै यस्तै कोरोनाका कारण विश्वका १ अर्ब ५८ करोडदेखि २ अर्ब ४२ करोड मानिसको रोजगारी गुम्ने अनुमान गरिएको छ ।

एडीबीका अनुसार अहिले गरिएको प्रक्षेपण व्यावसायिक क्षेत्रमा देखिएको असर ६ महिनासम्म कायम रहने अनुमानमा आधारित हो । तर, प्रक्षेपण अनुसारको सबैभन्दा कम क्षति भने तीन महिनासम्मको व्यवसायहरु प्रभावित हुने अनुमान अनुसार गरिएको हो ।

गत महिना एडीबीले विश्व अर्थव्यवस्थाका विषयमा जुन भविष्यवाणी गरेको थियो, त्यसको तुलनामा यो नोक्सानी दुईगणा बढी पनि हो।

एडीबीले यो महामारीका कारण विश्व बजार अझै ६ महिना प्रभावित हुने भन्दै यस्तो प्रक्षेपण गरेको बताइएको छ। एडीबीले दक्षिण एसियामा १४ खर्ब १९ अर्ब डलर बराबर अर्थात जीडीपीको ३.।९ प्रतिशत नोक्सान भएको जानकारी दिएको छ ।

दक्षिण एसियामा जीडीपीको ६ प्रतिशतसम्म नोक्सान हुने प्रक्षेपण एडीबीले गरेको छ । चीनले अहिलेसम्म ११ खर्बदेखि १६ खर्ब डलरसम्म नोक्सान व्योहर्नुपरेको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here