कोरोना कोषमा इप्पानको एक करोड ११ लाख आर्थिक सहयोग

काठमाडौं, २ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थपना गरेको राहत कोषमा १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

इपान अध्यक्ष शेलेन्द्र गुरागाईंले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तमार्फत शुक्रबार उक्त रकम बराबरको चेक कोरोना कोषलाई उपलब्ध गराएका हुन् ।

चेक बुझेपछि मन्त्री पुनले आफैं समस्यामा रहेका बेला समेत दायित्वबोध गरेर कोरोनाविरुद्धको सरकारी अभियानमा ऐक्यबद्धता जनाएकामा इपानलाई धन्यवाद दिए ।

इपानले आफू सम्वद्ध ६६ जना व्यवयासीबाट व्यक्तिगत रुपमा रकम संकलन गरी रकम जम्मा गरेको जनाएको छ। राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले ५० करोड जम्मा गर्दै कोष खडा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here