२४ जिल्लामा २५८ संक्रमित, ३६ जनाले जिते कोरोना

काठमाडौं, २ जेठ । नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार थप एक जनामा कोरोना संक्रमणमुक्त भएर घर फर्किएसँगै कोराना मुक्त हुनेको संख्या ३६ पुगेको हो ।

उदयपुरमा संक्रमित भएपछि विराटनगरस्थि कोशी अस्पतालमा उपचार गराइरहेका २५ वर्षीय युवा निको भएर घर फर्किएका हुन्। उनी २७ औं दिनमा निको भएर घर फर्किएका हुन्।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार २४ जिल्लामा संक्रमण देखिएको छ। जसमध्ये प्रदेश १ मा ३५, प्रदेश २ मा एक सय, बागमती प्रदेशमा १३, गण्डकीमा ३, प्रदेश ५ मा १०२ सुदूरपचिम प्रदेशमा ५ जना संक्रमित छन्।

अहिले क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् भने उपत्यकामा २७ र बाहिर २४० गरेर २६७ जना आइसोलेसनमा छन्। अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना परीक्षण गरिएको छ।

संक्रमण बढ्ने खतरा देखिएका क्षेत्रमा मन्त्रालयले परीक्षणको दायर बढाउँदै आएको छ। आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here