सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त, १० वर्षमा कृषि उत्पादन दोब्बर

काठमाडौं, २ जेठ । सरकारले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु पहिलो प्राथमिकता रहेको बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन देशलाई कोरोना मुक्त बनाउने बताइन् ।

त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

त्यस्तै सरकारले आगामी १० वर्षमा कृषि उत्पादन दोब्बर पार्ने कार्यक्रम घोषणा गरेको छ।

नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी १० वर्षभित्र नेपालमा कृषि उत्पादनलाई दोब्बर पारिने बताएकी हुन्।

उत्पादन बढाउनका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको कार्यक्रम सरकारले ल्याउने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here