लकडाउन थप कडा, पहेलो र इ-पास खारेज, नीलो रङको जारी

काठमाडौं, २ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई थप कडाइ गरेको छ ।

संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन गृह मन्त्रालय र जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले मुल सडक र भित्री सडकमा पनि अनावश्यक भिड हुने गरेको भन्दै लकडाउनमा कडाई गर्ने जनाएको हो।

सूचनामा लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास र पहेलो रङको सबारी पास खारेज भएको र आजबाट जारी हुने पासको रङ नीलो हुने उल्लेख छ ।

प्रशासनले जारी गरेको सूचना अनुसार एम्बुलेन्स, शव वाहन, औषधीजन्य सामाग्री, फोहोरका गाडी, फलफूल, तरकारी तथा खाद्यान्न बोक्ने सवारी साधनलाई बिना पास आवतजावत गर्न दिने जनाएको छ।

निर्माण सामाग्री बोक्ने सवारी साधनलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म चल्न दिइने भएको छ। यस्तै पास आवस्यक पर्ने व्यक्ति वा संस्थाले नियामक निकायमार्फत पासका लागि आवेदन दिन पाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here