तीन वर्षभित्र अव्यवस्थित बसोबास समस्या समाधान, सबै नेपालीको घरमा धारा

काठमाडौं, २ जेठ । सरकारले आगामी तीन वर्षभित्र सुकुमबासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने नीति लिएको छ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षभित्र सुकुमबासी र अव्यवस्थित बसोबास समस्या समाधान गरिने बताईन् ।

राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा जग्गा नापजाँचका कार्यहरु पूरा गरिने, भूमिको वर्गीकरण गरिने, कृषियोग्य भूमिको संरक्षण गरिने, अनलाइन प्रणालीमार्फत सेवाको व्यवस्था मिलाइने उल्लेख छ।

सरकारी र गुठीमा अतिक्रमण हटाई सरकारी र गुठी जग्गा संरक्षण अभियान सञ्चानल गरिने पनि उल्लेख छ।

पश्चिमको कञ्चनपुरमा १९ वर्षदेखि शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापितहरुको अझै पुनर्स्थापना हुन नसकेको तथा देशका धेरै ठाउँमा सकुमबासीहरु शिविरमा बसिरहेका बेला सरकारले अबको तीन वर्षमा बसोबासको व्यवस्थासहित समस्या समाधान गर्ने नीति लिएको हो।

यसका लागि भूमि समस्या समाधान आयोगले काम गरिसकेको राष्ट्रपति भण्डारीले जानकारी दिइन्। त्यस्तै सरकारले आगामी तीन वर्षभित्र सबै नेपालीको घरमा खानेपानी पुर्‍याउने भएको छ। संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी वर्ष ९४ प्रतिशत जनतालाई खानेपानी पुर्‍याउने उल्लेख छ।

त्यसैगरी आगामी तीन वर्षभित्र प्रदेश, स्थानीय तहको समन्वयमा सबै घरमा खानेपानी पुर्‍याउने सरकारको लक्ष्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here