काठमाडौं, २ जेठ । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने जानाकारी दिईन् ।
यस पटकको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको उल्लेख गरिएको छ । सरकारले स्वास्थ्य, शिक्षा, उद्योग, निर्माण, पर्यटन क्षेत्रका कार्यक्रमहरु ल्याएको छ।
त्यस्तै सुरुंग, रेल र पानीजहाज यातायातलक्षित कार्यक्रम पनि ल्याइएको छ। कृषिलाई विशेष जोड दिइएको छ भने स्वदेशमै रोजगारी सिर्जनालाई पनि उल्लेख्य महत्व दिइएको छ।
त्यस्तै ठूला आयोजनातर्फ द्रुतमार्ग निर्माण, मदनभण्डारी राजमार्ग, माथिल्लो तामाकोशी, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई नयाँ बजेटले आवश्यक रकम विनियोजन गर्ने गरी कार्यक्रममा उल्लेख गरिएको छ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ :





















