नेपालमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं, ३ जेठ । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीय एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

९ दिने सुत्केरी महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।

बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।

श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेका बेला निधन भएको अस्पतालले जनाएको छ। श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।

शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको छ । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here