भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौं, ४ जेठ । भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । एकै दिन ४ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ९० हजार ६ सय ७४ पुगेको छ।

जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो। शनिवार संक्रमितको संख्या ह्वात्तै बढ्दा गुजारातमा एकै दिन १ हजारभन्दा बढीमा संक्रमित देखिएको थियो ।

कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा एकै दिन १ हजार ६ सय ६ जनमा संक्रमण देखियो भने त्यहाँ एकै दिन ६७ जनाले ज्यान गुमाए।

नेपालसँग जोडिएको उत्तर प्रदेशमा आप्रवासी मजदूर फर्किएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको छ। थप २ सय ९ नयाँ संक्रमित उत्तर प्रदेशमा एकै दिन थपिए भने नौ जनाको मृत्यु भयो। उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६४ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here