धेरै अंगहरु गलत ठाँउमा हुँदा पनि ९९ वर्ष बाँचिन यी महिला

संयुक्त राज्य अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्डमा बस्ने रोज मेरी बेन्टेली आफ्नो युवाअवस्थामा एक उत्साही पौडीबाज थिइन् ।

उनले आफ्नो जीवनकालमा पाँच सन्तान जन्माएर हुर्काइन, पतिलाई व्यावसाय चलाउन सघाइन र ९९ वर्षको उमेरसम्म बाँचिन् ।

तर, उनको मृत्यु भएपछि उनको बारेमा एक आश्चर्यजनक तथ्य सार्वजनिक भएको छ ।

उनले आफ्नो मृत्युपश्चात शरीर ओरेगन हेल्स एण्ड साइन्स युनिभर्सिटीका मेडिकल विद्यार्थीहरुलाई अध्ययनको लागि दान गरेकी थिइन् ।

त्यसैले उनको मृत्युपछि मात्रै मेडिकल विद्यार्थीहरुले उनको मुटुबाहेक सबै आन्तरिक अंगहरु गलत ठाँउमा रहेको पत्ता लगाएका थिए ।

एनको शरीरको यस्तो दुर्लभ अवस्था पत्ता लागेको बारेमा यसै साता भएको एनाटोमिस्टहरुको एक सम्मेलनमा जानकारी दिइएको थियो ।

किनभने त्यस्तो अवस्थामा पनि उनी ९९ वर्ष बाँचेकी थिइन जसले सबैलाई आश्चर्यचकित बनाएको छ ।

ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीका अनुसार यस्तो अवस्था भएका मानिसहरुलाई मुटुको समस्या हुने र अरु अपांगता हुन सक्ने सम्भावना धेरै हुन्छ ।

युनिभर्सिटी अफ पोर्टल्याण्डमा क्यामरुन वाल्करको कक्षामा उनको मुटुको परीक्षण गरिएको थियो जहाँ मुटुको धमनी अरुको भन्दा फरक रहेको देखियो । त्यस पछि जब उनीहरुले उनको शरीर पुरै चिरेर हेर त्यतिखेर उनीहरुले अन्य सबै अंगहरु गलत ठाँउमा भएको पाए ।

उनको अस्वभाविक धमनीले मुटु चल्न सहयोग गरेको थियो तर ती महिलालाई र उनको परिवारलाई उनको यस्तो अवस्थाबारे केही थाहा थिएन ।

ओएचएसयुले २२ हजार जन्ममा एक जनामा यस्तो हुने बताएको छ ।

एजेन्सीकाे सहयाेगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here