पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण

काठमाडौं, ४ जेठ । नेपालमा कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ।

आरडीटी विधिबाट २ हजार २० गरी जम्मा ३ हजार ४ सय ८९ वटा परीक्षण भएका छन् ।

अहिलेसम्म पीसीआर विधिबाट २८ हजार १६० र आरडीटी विधिबाट ६७ हजार ७ सय ६९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

हालसम्म ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश नम्बर १ मा ९ हजार १ सय ८६, प्रदेश २ मा ६ हजार, वाग्मती प्रदेशमा ११ हजार २ सय ५७ आरडीटी परीक्षण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश ५ मा ८ हजार ७ सय ५१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १८ हजार २ सय ७१ वटा आरडीटी परीक्षण भएको उनले बताए ।

प्रवक्ता देवकोटाका अनुसार उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी ३ सय ४६ जना आइसोलेसनमा छन् । प्रदेश १ मा २४, प्रदेश २ मा १ सय २२ र उपत्यमा ३५ सहित वाग्मती प्रदेशमा ७१ जना आइसोलेसनमा छन् । यस्तै गण्डकी प्रदेशमा एक, प्रदेश ५ मा ११७ र सुदूरपश्चिम प्रदेशमा ११ जना आइसोलेसनमा छन् ।

कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। कुल संक्रमित २ सय ९२ मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन्। अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

काठमाडौंको गोगंबु, माछापोखरी लगायत स्थानबाट ४ सय जनाको नमूना संकलनका लागि टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी कुल ३ सय ४६ जना अस्पतालको आईसोलेसनमा छन्। मन्त्रालयका अनुसार १८ हजार ३ सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here