विदेशबाट दैनिक ६ हजार नेपाली ल्याउने सरकारको तयारी

काठमाडौं, ४ जेठ । सरकारले विदेशबाट दैनिक ६ हजार नेपाली स्वदेश ल्याउने तयारी गरेको छ ।

कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा यसबारे छलफल भएको स्रोतले बतायो ।

भारत तथा तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्दार गरी स्वदेश ल्याउने तयारी थालेको हो ।

यसरी उद्दार गरेर ल्याइनेलाई केहीदिन काठमाडौं र पोखरा र होटलमा क्वारेन्टाइन गरिनेछ । यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here