निम्बस समूहले गर्‍यो सबै कर्मचारीको कोरोना बीमा

काठमाडौं, ४ जेठ । निम्बस समूहले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गराएको छ । समूहले शिखर इन्स्योरेन्समार्फत कार्यालयमा कार्यरत्त ५३६ जना कामदार तथा कर्मचारीहरुको कोरोना बीमा गराएको हो ।

हालको परिस्थितिमा कारोनाको भाइरसको सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्न देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत्त ५३६ जना कामदार तथा कर्मचारीहरुको कोभिड बीमा गराएको समूहले जनाएको छ ।

हाल कोभिड १९ बाट श्रीजीत स्वास्थ समस्यालाई मध्यनजर गर्दै उद्योगहरुमा यस बिरुद्ध जनचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ जाँच गर्ने, डिश इन्फेक्सन टनेलको प्रयोग, सामाजिक दुरिको पालना, अत्यावश्यक बाहेक अन्य कर्मचारीहरुलाई घरबाटै सेवा दिने अवधारणा लागु गर्दै आएको छ ।

निम्बसले पनि अत्याबश्यक वस्तु उत्पादन गर्न, ढुवानी गर्न तथा निम्बसडटकम मार्फत आएका मागहरुलाई सुरक्षित ढुवानी गर्न पीपीईको समेत प्रयोग गर्दै आएको छ ।

निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडिया भन्छन्( ‘हामीले सबै कर्मचारीहरुलाई फेसमास्क, पन्जा, हैण्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सबै किसिमका जोखिम न्यनीकरण गर्नाका लागि सम्पुर्ण कर्मचारीहरुलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दुरी कायम गर्न सिकाएका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here