थप ३ जनामा कोरोना संक्रमण, मोरङ र धनकुटामा पनि भेटिए संक्रमित

काठमाडौं, ४ जेठ । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी स्वास्थ्य प्रतिष्ठानको परीक्षणमा एक स्वास्थ्यकर्मीसहित तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङको विराटनगर निवासी २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ । अहिलेसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here