लकडाउन अवधिभर सेयर कारोबार बन्द

काठमाडौं, ५ जेठ । नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से) को नियमित सेयर कारोवार कक्ष जेठ २० गतेसम्म नै बन्द हुने भएको छ ।

सरकारले लकडाउन बढाएपछि सोमबार बसेको नेप्सेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर सेयर कारोवार बन्द गर्ने निर्णय गरेको हो ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ मा प्राकृति प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजार (नेप्से) ले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था छ ।

देशमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकार मन्त्रीपरिषदले साविकमा भएको लक डाउनलाई यही जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here